Home Main Highlight News ‘चिरञ्जीवी भव:’मा आशिर्वादको इन्ट्री, जोडीमा प्रशंसा
   

‘चिरञ्जीवी भव:’मा आशिर्वादको इन्ट्री, जोडीमा प्रशंसा

by Parda Sansar
A+A-
Reset

हजुरबुबा र नाति पुस्ताबीचको वैचारिक मतभिन्नता र भावनात्मक सम्बन्धको कथामा बन्न लागेको चलचित्र ‘चिरञ्जीवी भव:’मा अभिनेता आशीर्वाद क्षेत्रीको प्रवेश भएको छ ।
गत वर्षको ब्लकबस्टर चलचित्र ‘परान’का निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा बन्न लागेको यस फिल्ममा आशिर्वादलाई मुख्य भूमिकामा अनुबन्धित गरिएको हो ।
यस फिल्ममा उनको जोडीको रुपमा प्रशंसा रायमाझी रहनेछिन् । आशीर्वादले यसअघि ‘नाइँ नभन्नू ल ६’बाट अभिनेताको रुपमा डेब्यू गरेका थिए । उनको पछिल्लो रिलिज फिल्म भने ‘श्री बुकुरो : द होम कलिङ’ हो ।
चलचित्र ‘चिरञ्जीवी भव:’को कथा कलाकार कुमार कट्टेल ‘जिग्री ब्रो’ले लेखेका हुन् भने पटकथा तथा संवाद सविन अधिकारी र वसन्त न्यौपानेले तयार पारेका छन् ।
यस फिल्मका निर्माता उमेश कुमार बराल हुन् । कार्यकारी निर्माताहरूमा कुमार कट्टेल र शैलेश खत्री रहेका छन् । निर्माण पक्षका अनुसार अबको दुई महिनाभित्र फिल्मको छायांकन सुरु गरिनेछ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link