Home Main Highlight News फिल्म ‘राम नाम सत्य’ले बक्सअफिसमा ३ करोड २० लाख
   

फिल्म ‘राम नाम सत्य’ले बक्सअफिसमा ३ करोड २० लाख

by Parda Sansar
A+A-
Reset

काठमाडौं । २७ चैतदेखि प्रदर्शनमा आएको फिल्म ‘राम नाम सत्य’ ले बक्सअफिसमा ३ करोड २० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको वितरक गोविन्द शाहीले बताएका छन् ।

विकास बोर्डको आँकडामा फिल्मको कमाई करिब २ करोड ७८ लाख थियो । तर, केही हलको आँकडा बोर्डमा नजोडिने भएकाले पनि वितरकको हिसाबमा भने व्यापार केही माथि भएको वितरक शाहीको भनाई छ ।

यो फिल्मले अमेरिकाबाहेक विदेशी बजारबाट ७० लाख रुपैयाँ आम्दानी गरिसकेको निर्माता उपेन्द्र शाहीले बताए । अमेरिकाका विभिन्न शहरमा अप्रिल २४ तारिखबाट यो फिल्म २०० शोज सहित चल्दैछ ।

निर्माणपक्षले अमेरिकामा फिल्मलाई शेयर प्रतिशतमा विक्री गरेको हो । अमेरिकाबाट पनि फिल्मका निर्माताले राम्रो रकम प्राप्त गर्ने अपेक्षा गरेका छन् ।

ओएसआर डिटिजलबाट फिल्मलाई ७२ लाख रुपैयाँ प्राप्त भएको जानकारी निर्देशक माइकल चन्दले दिएका छन् । डिजिटल राइट्स ७२ लाखमा विक्री गरेकाले पनि निर्माणपक्षलाई फाइदा भएको देखिन्छ ।

३ करोड बजेटमा बनेको यो फिल्मबाट आफूहरु सुरक्षित हुने बाटोमा लागेको निर्देशक चन्दको भनाई छ । श्वेता विमली र उपेन्द्र शाहीको निर्माणमा तयार भएको यो फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुषसिंंह ठकुरी, खुशी कार्की, सुनील थापा, प्रशान्त ताम्राकार लगायतका कलाकारको अभिनय छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link