16
काठमाडौं । नेपाली मौलिक कला, संस्कृति र परम्परालाई समेटिएको नयाँ कौराह गीत ‘कालिगंगा’को भिडियो सार्वजनिक गरिएको छ। वरिष्ठ पत्रकार सानु श्रेष्ठको प्रमुख आतिथ्यता र गीतकार माधव भण्डारीको विशेष उपस्थितिमा आयोजित गीत सार्वजनिक कार्यक्रममा विभिन्न सांगीतिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
गीतका शब्द तथा संगीत बिजेन्द्र नौबागेले तयार गरेका हुन् भने रूपक डोटेल र विमला सुनारको स्वर रहेको छ। भिडियोमा बिजेन्द्र नौबागे, अश्मिता रणपाल, राजकुमार नौबागे, विनाेद कार्की, पदम क्षेत्री, माइली सुनार लगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन दिपेश केसीले गरेका हुन्। ‘कालिगंगा’ गायिका विमला सुनारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
