14
बिर्तामोड । अभिनेता सौगात मल्ल मुख्य भूमिकामा रहने फिल्म जुबाको सर्लाहीबाट छायांकन सुरु भएको छ ।
मंगलबार सर्लाहीस्थित एक मन्दिरमा विशेष पूजाआजा गरी शुभमुहूर्त गरिएको थियो भने बुधबारबाट औपचारिक रूपमा छायांकन थालिएको हो । प्रारम्भिक चरणमा सर्लाहीमा करिब ७ दिन छायांकन गरिनेछ, त्यसपछि काठमाडौं र भारतको राजस्थानमा पनि फिल्मको सुटिङ हुने जनाइएको छ ।
प्रकाश कर्णको निर्देशन तथा लेखनमा बन्ने यस फिल्ममा सौगातको जोडीका रुपमा नयाँ अभिनेत्री सोफी धरेललाई देख्न पाइनेछ । साथै, सुधन पोखरेल र जीवन भट्टराई पनि मुख्य भूमिकामा रहने छन् ।
५० को दशकको कथामा आधारित भनिएको फिल्मको पटकथा वर्षा पौडेलले लेखेकी हुन् भने छायांकन प्रमोद प्रधानले गर्नेछन् ।

