10
बिर्तामाेड । गायिका तथा मोडल करुना राईको स्वर तथा अभिनय रहेको गीत ‘ज्यू ज्यू सोल्टी’ गीत सार्वजनिक गरिएकाे थियाे ।
राजकुमार बगर र करुना राइको स्वर, हरि सापकोटाको शब्द र शंकर बराइलीको संगीत रहेको यो गीतमा अभिनेता राजेश हमाल र करुना राईको अभिनय रहेकाे छ । पूर्वेली भाकामा तयार भएको गीतको भिडियोमा देवेन्द्र पाण्डेको कोरियोग्राफी र निर्देशन छ ।
रामकृष्ण चौलागाइको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ । गीत सार्वजनिक कार्यक्रममा गायिका करुनाको जन्मदिनसमेत रहेकाे थियो । राजेश हमालको साथमा विशेष अतिथीको रुपमा पुगेका धिरेन शाक्यले करुनालाई शुभकामना दिएका थिए।

