Home Main Highlight News ‘मितज्यू’को ट्रेलरमा चालककाे कथा, साैगात र दयाकाे लडाइँ हुँदा तनावमा टेरिया
 

‘मितज्यू’को ट्रेलरमा चालककाे कथा, साैगात र दयाकाे लडाइँ हुँदा तनावमा टेरिया

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । आधुनिक समाजसँगै हराउँदै गएको ‘मित’ परम्परालाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली चलचित्र ‘मितज्यू’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलरले दुई मितबीचको मित्रता, विश्वास र त्यसमा उत्पन्न हुने द्वन्द्वलाई रोचक ढंगले प्रस्तुत गरेको छ ।

जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा पेसाले चालक रहेका दुई पात्रबीचको सम्बन्धलाई मुख्य कथावस्तु बनाइएको छ । ट्रेलरमा उनीहरूको गहिरो मित्रता विस्तारै झगडामा रूपान्तरण हुँदै गएको देख्न सकिन्छ । साथै, पारिवारिक सम्बन्ध, सामाजिक परिवेश र जीवनका उतारचढावलाई पनि फिल्मले समेट्ने संकेत ट्रेलरले दिएको छ । फिल्ममा सौगातको फरक लुक्स देख्न सकिन्छ । लामो कपालसँगै उनको दाँत समेत फरक देख्न सकिन्छ ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, खड्गबहादुर पुन र अनुषा राईलगायत कलाकारहरूको अभिनय रहेको छ । चर्चित डान्सर टेरिया फौजा मगरले यही फिल्ममार्फत अभिनेत्रीको रूपमा डेब्यू गरेकी छन् । ट्रेलरमा उनको अभिनयलाई पनि प्रभावशाली रूपमा प्रस्तुत गरिएको छ ।

अनिल बुढा मगरको निर्देशनमा बनेको फिल्मका निर्माता जनक घर्ती मगर हुन् । यसअघि निर्देशक अनिल र निर्माता जनकको सहकार्यमा बनेको ‘घरज्वाइँ’ व्यावसायिक रूपमा सफल भएको थियो । जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा महेश राईको लेखन, शिशिर बिशंखेको छायांकन तथा लोकेश बज्राचार्यको सम्पादन रहेको छ । ट्रेलर तथा टिजर कटिङमा साहिल खानले काम गरेका छन् । साउन्ड डिजाइन मुकेश शाहको रहेको छ भने बिजिएम भने शैलेश श्रेष्ठले सिर्जना गरेका हुन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link