Home Main Highlight News चर्चित गायक पशुपति शर्माकाे लोकदोहोरी गीत ‘जुनकिरी’ सार्वजनिक
 

चर्चित गायक पशुपति शर्माकाे लोकदोहोरी गीत ‘जुनकिरी’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । चर्चित गायक गायिका पशुपति शर्मा र राधिका हमालको मौलिक लोकदोहोरी गीत ‘जुनकिरी’ सार्वजनिक भएको छ । रोमान्टिक लोकदोहोरी शैलीमा तयार गीतमा शब्द तथा सङ्गीत गायिका हमालकै रहेको छ ।

बबिनसिंह ठकुरी र सफल पुनमगरले अभिनय गरेको गीतको म्युजिक भिडियोमा गायक गायिका पशुपति र राधिका पनि देखिएका छन् । थुप्रै कोरस प्रयोग भएको गीतको भिडियोमा कलाकारहरूले पनि मौलिक तथा आधुनिक नेपाली पहिरनमा प्रयोग गरेका छन् । भिडियोमा माया प्रेम र ठट्टा देखाउन खोजिएको छ ।

स्मृति तिमिल्सिना (गुरुआमा) को निर्देशन रहेको भिडियोमा राजेश घिमिरेको छायाङ्कन र नवीन घर्तीमगरको सम्पादन छ ।

https://www.youtube.com/watch?v=Bk2n4SH-24s

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link