Home Main Highlight News फिल्म ‘गंगा रानी’मा वर्षा सिवाकोटीको जोडी रोशन केसी बन्दै
 

फिल्म ‘गंगा रानी’मा वर्षा सिवाकोटीको जोडी रोशन केसी बन्दै

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड ।  अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहने फिल्म हो ‘गंगा रानी’मा नव कलाकार रोशन केसी अनुबन्धित भएका छन् ।

राजबहादुर सानेको निर्देशन रहने फिल्मले अभिनेत्रीमा वर्षा सिवाकोटी अनुबन्धित गर्दै ४ अभिनेता र ४ अभिनेत्रीका लागि अडिसन खुलाएको थियो । फिल्मका लागि आव्हान गरिएको कलाकार अडिसनबाट केसी छानिएको निर्माण युनिटले जनाएको छ । करिब ५०० भन्दा बढी आवेदकमध्ये केसी छानिएका हुन् ।

निर्देशक सानेका अनुसार अहिले अडिसनबाट प्राप्त फोटो तथा भिडियोको आधारमा थप ३ अभिनेता र ३ अभिनेत्री छनोट गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। ‘अडिसनमा आएका प्रतिभामध्ये पात्रसँग मिल्ने कलाकार छनोट गरिरहेका छौं। अन्य कलाकारको नाम पनि छिट्टै सार्वजनिक गर्नेछौं,’ निर्देशक सानेले भने।

आहा फिल्मस्को प्रस्तुतिमा निर्माण हुने ‘गंगा रानी’का निर्माता कमलप्रसाद शर्मा हुन् । सानेकै लेखन समेत रहने फिल्म आगामी भदौको दोस्रो साताबाट फ्लोरमा जाने तयारी गर्दै छ ।

आहा फिल्मस्को प्रस्तुतिमा निर्माण भएको र सानेकै निर्देशन रहेको पछिल्लो फिल्म ‘लज्जावती’ आगामी साउन २९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link