बिर्तामाेड । सोसल ड्रामा फिल्म ‘लालीबजार’को देशब्यापी कमाइ घरेलु बक्सअफिसमा ९ करोड नाघेको छ । चलचित्र विकास बोर्डका अनुसार आइतबारसम्म यसको कलेक्सन ९ करोड १६ लाख रुपैयाँ ग्रस छ ।
सोही अवधिसम्म यो फिल्मलाई ३ लाख ११ हजार ४०३ जनाले हेरेका छन् । यो कमाइसँगै षट्कोण आर्ट्सको यो फिल्म लगानी उठाएर पनि नाफामा छ । फिल्मको डिजिटल र विदेश राइट जोड्दा कलेक्सन १० करोड रुपैयाँ ग्रसभन्दा धेरै पुगेको छ ।
अन्य फिल्मले कति कमाए ?
‘मितज्यू’
टेरिया मगर अभिनित फिल्म ‘मितज्यू’ले आइतबारसम्म १ करोड ३२ लाख ५३ हजार ३४२ रुपैयाँ ग्रस कमाएको छ । यो फिल्मलाई ४६ हजार १५४ जनाले हेरेका छन् ।
‘रोल नम्बर १’
१ करोड ३५ लाख १५ हजार ९९३ रुपैयाँ ग्रस कमाएको छ । यसलाई ४७ हजार १५१ जनाले हेरेका छन् ।
‘काजी’
विपिन कार्की स्टारर ४४ लाख ४८ हजार ६० रुपैयाँ ग्रस कमाएको छ । सोही अवधिसम्म यसलाई १४ हजार ३२४ जनाले हेरेका छन् ।
‘लाइफ ड्यामेज’
३४ लाख ६६ हजार २९० रुपैयाँ ग्रस कमाएको छ । सोही अवधिसम्म यसलाई ११ हजार ३७१ जनाले हेरेका छन् ।
‘कुम्भ’
त्यस्तै फिल्म ‘कुम्भ’ले ३ लाख ९१ हजार १० रुपैयाँ ग्रस कमाएको छ । सोही अवधिसम्म यो फिल्मलाई १६७९ जनाले हेरेका छन् ।

