Home Main Highlight News चलचित्र ‘बेहुली’ भदौ २६ गतेबाट प्रदर्शन हुने
 

चलचित्र ‘बेहुली’ भदौ २६ गतेबाट प्रदर्शन हुने

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा रिलिज हुने भएको छ। राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले पोस्टर र प्रदर्शन मिति सार्वजनिक गरेको हो ।

‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको चलचित्रको सार्वजनिक पोस्टरले निकै गहिरो र विद्रोही प्रेमकथाको झल्को दिन्छ। तस्बिरमा अभिनेता पारस बम ठकुरी (कुलब्वाय) को अनुहारमा गम्भीर भाव र सामान्य चोट देखिन्छ भने उनको नाडीमा हतकडी झुन्डिएको छ। रातो रङ्कको आकर्षक विवाह पहिरन र गहनामा सजिएकी दिव्या रायमाझीले आँखा चिम्लिएर शान्त मुद्रामा पारसको छातीमा टाउको अडेसाएकी छन्।

कार्यक्रममा कलाकार द्वय पारस र दिव्या पोस्टरकै हुबहु आवरणमा मिडियासामु प्रस्तुत भएका थिए। दिव्या दुरुस्तै बेहुलीको पहिरनमा थिइन्, अनि पारसको हातमा हतकडी थियो। मञ्चमै उनीहरूले एक अर्काप्रतिको प्रेमिल भाव व्यक्त गर्दा उपस्थित सञ्चारकर्मी र अतिथिको ध्यान तानिएको थियो। चलचित्रमा यी दुईका अलावा सुशान्त कार्कीको पनि प्रमुख अभिनय छ ।

निर्माण पक्षले तिजको उल्लासमय माहौल र बेहुलीको मर्मस्पर्शी कथाबिचको संयोजनले दर्शकलाई एउटा फरक सिनेम्याटिक अनुभव दिने विश्वास लिएको छ।

सशान कँडेलको निर्देशन रहेको चलचित्रमा पारस, दिव्या र सुशान्तलाई पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायतको अभिनय छ ।नरेन्द्र मैनालीको क्यामेरा, विकास दाहालको सम्पादन र रोशन श्रेष्ठको एक्सन चलचित्रमा छ।

चर्चित सङ्गीतकार अर्जुन पोखरेलले निर्माण गरेको चलचित्रमा प्रताप शमशेर राणा निर्माता, कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल, सह-निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ छन्‌ भने कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर हुन्। चलचित्र काठमाडौँ उपत्यकाभित्र काफिया फिल्म्स र बाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्नेछन्।

https://www.youtube.com/watch?v=yLigbwfBNCU&t=1s

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link