59
बिर्तामोड । झापाको बिर्तामोडमा प्रसिद्ध सिनेमा हल पाथिभरा सिने प्लाजाले चलचित्रप्रेमी दर्शकहरूका लागि विशेष सहुलियत प्याकेज घोषणा गरेको छ ।
पाथिभरा सिने प्लाजामा अब दर्शकहरूले साताको दुई दिन मङ्गलबार र बुधबारका सबै शोहरूमा टिकट खरिद गर्दा ५० प्रतिशत (आधा) मात्र शुल्क तिर्नुपर्ने भएकाे छ ।
यस अफरले दर्शकलाई सहुलियत दरमा गुणस्तरीय मनोरञ्जन मिल्ने मात्र नभई समग्र चलचित्र उद्योगलाई नै थप चलायमान र गतिशील बनाउन मद्दत पुग्ने विश्वास हल सञ्चालकको रहेको छ । हलको यो कदमले बिर्तामोड र आसपासका चलचित्रप्रेमीहरूमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ ।

