Home Main Highlight News ‘गौंथली’ बन्यो धेरै कमाउने सर्वकालिन १२औं फिल्म, कमाई १३ करोड नाघ्यो
   

‘गौंथली’ बन्यो धेरै कमाउने सर्वकालिन १२औं फिल्म, कमाई १३ करोड नाघ्यो

by Parda Sansar
A+A-
Reset

काठमाडौं । यतिबेला नेपाली फिल्म बजार चलायमान बनेको छ । एकातिर नेपाली भाषाको ‘गौंथली’ले घरेलु बक्सअफिसमा उछाल कमाइ गरिरहेको छ भने अर्कोतिर मप्टिप्लेक्समा ‘स्पाइडर-म्यान : ब्रान्ड न्यूडे’को दबदबा छ ।

यति हुँदाहुँदै पनि ‘गौंथली’को कमाइ लोभलाग्दो छ । फिल्मले प्रदर्शनको १६ औं दिनसम्म (पछिल्लो शनिबारसम्म) देशब्यापी १३ करोड ५६ लाख ३५ हजार १३ रुपैयाँ ग्रस (११ करोड ८५ लाख नेट) कमाएको छ । सोही अवधिसम्म यसका ४ लाख ९२ हजार ६५० वटा टिकट बिकेका छन् ।

आइतबारसम्म यो फिल्म नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाउने सूचीको १२ औं स्थानमा उक्लिएको छ । यहि गति कायम रहे यो फिल्मले ‘छक्कापञ्जा २’को कमाइ १४ करोड ५१ लाख रुपैयाँ ग्रसलाई चाँडै उछिन्न सक्छ ।

आइतबार सार्वजनिक बिदाको दिनमा दिउँसोसम्म फिल्मको कलेक्सन झन्डै १० लाख रुपैयाँ ग्रस छ । विशेषगरि काठमाडौं उपत्यका बाहिरका हलमा कपिल रिजाल र सुमन गिरीले निर्माण गरेको फिल्मको कमाइमा बढोत्तरी छ ।

https://www.youtube.com/watch?v=sU8-H9cFj64&t=19s

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link