Home Main Highlight News ‘झिंगेदाउ २’ को टिजर सार्वजनिक, केकी र आँचलले गरे रुखमै लडाइँ

‘झिंगेदाउ २’ को टिजर सार्वजनिक, केकी र आँचलले गरे रुखमै लडाइँ

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । बहुप्रतीक्षित नेपाली चलचित्र ‘झिंगेदाउ २’ को टिजर सार्वजनिक गरिएको छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्र आगामी असोज २ गतेदेखि रिलिज हुँदैछ ।

सार्वजनिक टिजरमा झिँगेदाउ खेलले निम्त्याएको पारिवारिक विखण्डन देख्न सकिन्छ । बुहारीको रुपमा देखिएका केकी अधिकारी र आँचल शर्मालाई रुखमा झगडा गर्दै गरेको दृश्य निक्कै आकर्षक रहेको छ । आमा हराएको र उनको खोजीमा दुई छोराहरु महेश त्रिपाठी र कुशल विष्ट रहेको झल्को टिजरमा देखिन्छ । आमाको रुपमा हिउँवाला गौतम छिन्, उनी परिवारको मिलनको कामना गरिरहेकी छन् ।

कपनगढी सिनेमा प्रालि, फिल्म क्रु नेपाल प्रालि र एप्पल इन्टरटेन्मेन्ट प्रालिको सहकार्यमा निर्माण भएको चलचित्रका निर्माता सुलभ प्रतीक देउजा र समीक्षा देउजा हुन् । सह-निर्मातामा रोसानी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा रहेका छन् ।

चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, वसुन्धरा भुसाल, चैत्यादेवी सिंह, संगम भण्डारी, विजय देउजा, आशु महर्जन, अभय राज बराल, उत्तम के.सी., शिवहरि बैरागी नेपाल, आशा भुसाल, रेणु प्रधान, विनोदकुमार पौडेल, आशिष पुरुष र विष्णु सापकोटालगायतका कलाकारको अभिनय रहेको छ । साथै, मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माको विशेष उपस्थिति समेत फिल्ममा रहनेछ ।

चलचित्रको पटकथा तथा संवाद परिच्छेद सेनले तयार गरेका हुन् भने कथा गोविन्द फुयाल र शिशिर चालिसेको रहेको छ । छायांकन विष्णु घिमिरे ‘कल्पित’को रहेको चलचित्रमा सिनेमाटोग्राफरका रूपमा विवेक बस्नेत र ईश्वर सिन्केमाना रहेका छन् । सम्पादन मित्र डी. गुरुङले गरेका छन्, त्यस्तै संगीत अर्जुन पोखरेलले भरेका छन् ।

चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ भने वितरणको जिम्मेवारी एप्पल इन्टरटेन्मेन्टले सम्हालेको छ ।

पहिलो श्रृंखलाको सफलतालाई निरन्तरता दिने अपेक्षासहित निर्माण गरिएको ‘झिंगेदाउ २’ यस वर्षको बहुप्रतीक्षित नेपाली चलचित्रमध्ये एक मानिएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link