Home Main Highlight News पशुपति शर्मा र शान्तिश्री परियारको नयाँ तीज गीत ‘झुम्का हरायो’ सार्वजनिक
 

पशुपति शर्मा र शान्तिश्री परियारको नयाँ तीज गीत ‘झुम्का हरायो’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । तीज पर्वको माहोललाई थप उल्लासमय बनाउने उद्देश्यसहित लोकदोहोरी गायक पशुपति शर्मा र चर्चित गायिका शान्तिश्री परियारको स्वरमा तीज गीत ‘झुम्का हरायो’ सार्वजनिक भएको छ।

भिडियोमा दुर्गेश थापा, प्रियंका कार्की, गरिमा र पेमा लामा फिचर्ड छन्। गीतमा तीजको मौलिक संस्कृति, रमाइलोपन र नारीहरूको उत्साहलाई प्रस्तुत गरिएको छ।

गीतको छायांकन रुपेश थापाले गरेका हुन् भने कोरियोग्राफी गम्भीर बिष्टको रहेको छ। आकर्षक नृत्य, रंगीन दृश्य र उत्साहपूर्ण प्रस्तुतीले भिडियोलाई अझ प्रभावशाली बनाएको छ।

गीत दुर्गेश थापाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। तीज नजिकिँदै गर्दा सार्वजनिक भएको यो गीतले यस वर्षका चर्चित तीज गीतहरूको सूचीमा आफ्नो स्थान बनाउने अपेक्षा गरिएको छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link