Home Main Highlight News साेनम र उपासनाकाे ‘जलाकी’को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक
   

साेनम र उपासनाकाे ‘जलाकी’को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

झापा । सुपरहिट चलचित्र ‘खुस्मा’का निर्देशक अशोक थापा मगरको दोस्रो निर्देशनमा बनेको सिनेमा ‘जलाकी’को पहिलो गीत ‘चाँदी जलप’ शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको छ।

एसडी योगी र अन्जु पन्तको स्वर रहेको यस मायाप्रेममा आधारित गीतमा सुरेन्द्र रानाको शब्द, एसडी योगीको संगीत तथा रिकेश गुरुङको संगीत संयोजन छ। सुरेन्द्र राईको कोरियोग्राफी रहेको भिडियोमा सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, अस्तित्व भट्टचन लगायतका कलाकारहरूलाई फिचर गरिएको छ।

आगामी मंसिर ४ गते देशभर प्रदर्शनको तयारीमा रहेको यो सिनेमालाई एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो। शैलेन्द्र डी. कार्कीको छायांकन रहेको ‘जलाकी’मा सोनम, उपासना र शिल्पाका साथै माओत्से गुरुङ, बुद्धि तामाङ र क्याप्टेन विजय लामा (विशेष भूमिका) लगायतका कलाकारहरूको अभिनय देख्न पाइनेछ। यसै सिनेमाबाट मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गर्दैछिन्।

पहिलो सिनेमा ‘खुस्मा’ र यसको चर्चित गीत ‘रुकुम मैकोट’को अपार सफलतापछि निर्देशक अशोक थापा मगर आफ्नो दोस्रो प्रस्तुति ‘जलाकी’लाई लिएर निकै उत्साहित र विश्वस्त छन्। सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले गर्दैछन्।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link