Home Main Highlight News ४ करोडको बजेटमा हरर फिल्म ‘भिडियोटेप’ बन्ने, उपासना र कुन्दन मुख्य भूमिकामा
 

४ करोडको बजेटमा हरर फिल्म ‘भिडियोटेप’ बन्ने, उपासना र कुन्दन मुख्य भूमिकामा

by Parda Sansar
A+A-
Reset

झापा । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा हरर जनराको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’ निर्माण हुने भएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित पत्रकार सम्मेलनमा करिब ४ करोड रुपैयाँको ठूलो बजेटमा यो चलचित्र निर्माणको घोषणा गरियो।

यसै चलचित्रमार्फत निर्देशक ओविद उद्दिनले डेब्यु गर्दैछन्। काल्पनिक कथामा आधारित रहने चलचित्रमा लोकप्रिय अभिनेत्री उपासना सिंह ठकुरी र नव-नायक कुन्दन मान शाक्य प्रमुख भूमिकामा देखिनेछन्। भदौ ५ गतेदेखि उपल्लो मुस्ताङका लोकेसनहरूमा याे चलचित्र ३० दिनभित्र छायांकन सम्पन्न गर्ने लक्ष्य राखिएको छ। चलचित्रमा वशिष्ट प्रधानको छायांकन र महेश बरालको मुख्य सहायक निर्देशन रहनेछ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link