Home Main Highlight News सुहाना थापा भन्छिन् – ‘बा: एक योद्धा’ले बुबाको त्याग र समर्पणलाई परिभाषित गर्छ
 

सुहाना थापा भन्छिन् – ‘बा: एक योद्धा’ले बुबाको त्याग र समर्पणलाई परिभाषित गर्छ

by Parda Sansar
A+A-
Reset

काठमाडौं । अभिनेत्री सुहाना थापाले भदाै १९ बाट रिलिज हुन लागेकाे चलचित्र ‘बा: एक योद्धा’ पारिवारिक भावना र दर्शकसँग जोडिने कथा रहेको बताउँदै अन्य चलचित्रभन्दा फरक र रोचक रहेकाे बताएकी छन् ।

सुहानाका अनुसार ‘बा: एक योद्धा’मा रहेको उनको पात्र पनि उनका लागि विशेष र भिन्न छ। चलचित्रले सन्तानको भविष्यका लागि आमाबुवाले गर्ने त्याग, संघर्ष र समर्पणलाई भावनात्मक रूपमा प्रस्तुत गरेको उनले बताइन्।

“हामी सबैलाई आफ्ना बाबा–आमाले हाम्रो भविष्यका लागि गर्नुभएको त्याग र संघर्षबारे थाहा हुन्छ। तर, धेरैपटक हामी त्यो कुरा उहाँहरूकै अगाडि खुलेर व्यक्त गर्न सक्दैनौँ,” सुहानाले भनिन्, “मेरो पात्रले मेरो लागि मेरो बुबाले गर्नुभएको त्याग र समर्पणलाई परिभाषित गरिदिएको छ।”

चलचित्रमा मनोरञ्जनसँगै दर्शकलाई भावनात्मक रूपमा जोड्ने पक्ष रहेको सुहानाको भनाइ छ। उनले ‘बा: एक योद्धा’ हेर्दा दर्शकलाई आफ्नै परिवार र आफ्नै कथाको अनुभूति हुने विश्वास व्यक्त गरिन्।

भदौ १९ गतेबाट प्रदर्शनमा आउने चलचित्रले नेपाली समाजमा सन्तानको उज्ज्वल भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर सामना गर्ने चुनौतीलाई मुख्य कथाका रूपमा प्रस्तुत गरेको छ। कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा चलचित्र प्रदर्शनमा आउन लागेको हो।

चलचित्रमा सुहाना थापासँगै दिव्यदेव पन्त, झरना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय छ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको ‘बा: एक योद्धा’ उनको फिचर चलचित्र निर्देशनमा डेब्यु हो। नेपाली संगीत क्षेत्रमा दर्जनौँ चर्चित गीतमा संगीत दिएका लम्साल रचनाकार तथा गायकसमेत हुन्। चलचित्रको कथा र पटकथा पनि उनले नै तयार पारेका हुन्।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काफ्ले सह–निर्माता छन्।

शिवराम श्रेष्ठको छायांकन रहेको चलचित्रमा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशकका रूपमा छन्। ‘बा: एक योद्धा’को वितरण आशिष एच. तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले गर्नेछ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link