Home Main Highlight News ‘माया भनेकै यस्तो होला’को तीज गीत ‘नक्कल पारी’ सार्वजनिक
 

‘माया भनेकै यस्तो होला’को तीज गीत ‘नक्कल पारी’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

काठमाडौं । रेखा थापा निर्देशित चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत ‘नक्कल पारी’ सार्वजनिक भएको छ । शान्तीश्री परियार र प्रशान्त शिवाकोटीको स्वर रहेको गीतमा शिवाकोटीको संगीत तथा सुष्मा सिग्देलको शब्द छ ।

लोक फ्लेबरको गीतले पछिल्लो समय तीज संस्कृति पर्वभन्दा पनि देखावटी र अरुको नक्कल गर्ने माध्यम बन्दै गएको यथार्थलाई प्रस्तुत गरेको छ । महँगा पहिरन र गहनामा देखासिकी गर्ने प्रवृत्ति तथा त्यसका लागि श्रीमानसँग माग गर्ने विषयलाई गीतले नृत्यप्रधान शैलीमा उठाएको छ ।

गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोमा चलचित्रका मुख्य कलाकारसँगै दिल श्रेष्ठ, पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाह फिचर्ड छन् ।

‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्मित चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाहलगायत कलाकारको अभिनय छ । ध्रुव लम्सालको पटकथा रहेको चलचित्र भदौ २६ गतेदेखि प्रदर्शनमा आउँदैछ । आठ वर्षपछि रेखा थापाले निर्देशनमा कमब्याक गरेको यो चलचित्रलाई रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link