Home Main Highlight News ‘पेन्सन पट्टा’को ‘ऐना हेरेर, कपाल कोरेर’ गीत सार्वजनिक
   

‘पेन्सन पट्टा’को ‘ऐना हेरेर, कपाल कोरेर’ गीत सार्वजनिक

by Parda Sansar
A+A-
Reset

काठमाडौँ । फिल्म ‘पेन्सन पट्टा’ को दोस्रो गीत ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक भएको छ। प्रेम र मायाको भावनालाई केन्द्रमा राखिएको गीतमा सुरज तामुको शब्द तथा सङ्गीत, गीतमा सुजसँगै शान्ति श्री परियारको स्वर छ । गीतको भिडियोमा अभिनेता मनोज गुरुङ र अनुशा राईको अभिनय देख्न सकिन्छ ।

यही २६ भदौबाट सार्वजनिक प्रदर्शनमा आउने‘पेन्सन पट्टा’ले लाहुरे जीवनसँग जोडिएको पेन्सन, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र सामाजिक संरचनालाई कथा बनाएको छ ।

पेन्सनपट्टामा आमाको नाम नभई बाबुकी पहिलो पत्नीको नाम रहेको प्रसङ्गबाट कथा अघि बढ्छ । वर्षौँदेखि परिवारको स्मरणबाट समेत ओझेलमा रहेकी जेठी आमाको खोजीमा निस्कने पात्रमार्फत हराएको पेन्सन पट्टासँगै पारिवारिक विगत, सम्बन्धको दूरी, पहिचान र पेन्सन अधिकारसँग जोडिएका जटिलता कथामा जोडिएका छन् ।

माओत्से गुरुङको निर्देशन रहेको फिल्ममा दयाहाङ राईसँगै गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, मनोज गुरुङ, अनुशा राईलगायत कलाकारको अभिनय छ । फिल्मलाई आरआर फिल्म्समार्फत रोहित कट्टेल र रत्न श्रेष्ठले देशभर वितरण गर्नेछन् ।

https://www.youtube.com/watch?v=Mxr72pVGgpc&t=3s

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link