बिर्तामाेड । एक्सन किंग निखिल उप्रेती अभिनीत तथा निर्देशित चलचित्र ‘आचार्य’ प्रदर्शनको संघारमा आइपुगेको छ। चलचित्र देशभरका सिनेमाघरमा असोज ९ गते बाट प्रदर्शनमा आउने तयारीमा छ।
रिलिज मिति नजिकिएसँगै ‘आचार्य’लाई लिएर दर्शकमाझ उत्सुकता बढ्दै गएको छ। चलचित्रको ट्रेलर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा दर्शक तथा फिल्मप्रेमीहरूबाट आएका प्रतिक्रियाले पनि चलचित्रप्रतिको चासो थप बढाएको देखिन्छ।
एक्सनप्रधान कथावस्तुमा तयार पारिएको ‘आचार्य’मा निखिल उप्रेती मुख्य भूमिकामा देखिनुका साथै चलचित्रको निर्देशनसमेत गरेका छन्। चलचित्र आचार्य देशभरका सिनेमाघरमा असोज ९ गतेबाट देशभरका सिनेमा हलहरुमा प्रदर्शन हुँदैछ ।
‘आचार्य’को प्रदर्शनका लागि केवल २ दिन बाँकी छ रहँदा चलचित्रलाई लिएर दर्शकले कस्तो प्रतिक्रिया दिनेछन् भन्ने चासो पनि बढेको छ।
‘आचार्य’ निखिल उप्रेती स्वयम् ले निर्देशन गरेका हुन् भने निखिलसँगै दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमान्चीको अभिनय रहेको छ। पूर्णिका सिजापतीले यही फिल्ममार्फत नव–नायिकाका रूपमा डेब्यु गर्दैछिन् भने सजिना श्रेष्ठले पनि ‘आचार्य’बाटै फिल्ममा डेब्यु गर्दैछिन् ।
फिल्ममा बलिउड कलाकार दीपराज राणा र रोहित चौधरीसँगै ध्रुव कोइराला, सुरेश कोहली, रञ्जित कोइराला, जेसिका पोखरेल, सरिता ज्ञवाली, अनुप तुलाधर, रोशनी आचार्य, एलिस खनाल, आकाश शुक्ला, सुबिन गुरुङ र रक्षा गौतमलगायत कलाकारहरुको समेत अभिनय रहेको छ ।
चलचित्रको छायांकन सौरभ लामा, मनु बीके र नवराज कृष्ण थापाले गरेका हुन्।
एक्सन निर्देशन शुक्रराज शाहले गरेका छन् भने सम्पादन बन्दे प्रसादको रहेको छ भने चलचित्रको टिजर तथा ट्रेलर सन्देश शाहले तयार पारेका हुन्। चलचित्रको वितरणको जिम्मेवारी मनोज राठीले सम्हालेका छन् भने कृष्ण भट्टराई निर्मातामा रहेका छन्। चलचित्र ‘आचार्य’ यही असोज ९ गतेबाट देशभरका सिनेमा हलहरुमा प्रदर्शन हुँदैछ ।

