Home समाचार ‘छ माया छपक्कै २’को शीर्ष गीत सार्वजनिक
   

‘छ माया छपक्कै २’को शीर्ष गीत सार्वजनिक

by Parda Sansar
A+A-
Reset

काठमाडौँ । बडादसैँको फूलपाती (असोज ३१ गते) देखि देशभर प्रदर्शनको तयारीमा रहेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘छ माया छपक्कै २’ शीर्ष गीत सार्वजनिक भएको छ । अभि सुनारको शब्द तथा संगीत रहेको गीतमा करण परियार, अभि सुनार, विशाल निरौला र रश्मि विश्वकर्माले स्वर दिएका छन ।

गीतको भिडियो भव्य ‘बेबी सावर’को उत्सवमय परिवेशमा तयार पारिएको छ । भिडियोमा अभिनेता दीपकराज गिरीसँगै अभिनेत्रीद्वय केकी अधिकारी र सनिशा भट्टराईलाई गर्भवती भूमिकामा रोचक तरिकाले प्रस्तुत गरिएको छ । गीतमा परिवार, सन्तान, दाम्पत्य जीवनको रमाइलो नोकझोक र खुसीलाई रमाइलो नृत्यका रूपमा उतारिएको छ ।

भिडियाेमा रायन गिरी, प्रकाश घिमिरे, रमा थपलिया, बुद्धि तामाङ, कर्म शाक्य, विष्णु सापकोटा, मेक्सम गौडेल,रवीन्द्र झा, सरदा गिरी, जेसिका पोखरेल तथा दीपाश्री निरौलालगायतका कलाकारहरू रमाइलो गरिरहेको देख्न सकिन्छ ।

आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्म्सको संयुक्त प्रस्तुति रहेको यस चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । चलचित्रको कथा निर्देशक लामाकै रहेको छ भने पटकथा दीपकराज गिरीले तयार पारेका हुन् । चलचित्रका निर्माता रोहित अधिकारी हुन् ।

वि.सं. २०७६ सालमा व्यावसायिक रूपमा निकै सफल भएको ‘छ माया छपक्कै’ को यो दोस्रो शृङ्खला हो । चलचित्रमा पहिलो शृङ्खलाजस्तै यसपटक पनि पारिवारिक तथा सामाजिक विषयवस्तुमा हास्यव्यङ्ग्यको मिश्रण पस्किएको निर्माण टिमले जनाएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link