Home Main Highlight News ‘आचार्य’लाई सर्वाधिक शो, सेन्सर पाससँगै बुकिङ खुला
   

‘आचार्य’लाई सर्वाधिक शो, सेन्सर पाससँगै बुकिङ खुला

by Parda Sansar
A+A-
Reset

काठमाडौं । निखिल उप्रेतीको होम प्रोडक्सनमा निर्मित बहुप्रतीक्षित फिल्म ‘आचार्य’ले सेन्सर पास भएसँगै सर्वाधिक शो पाएको छ। असोज ९ गते अर्थात् भोलि शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्मको बुकिङ बिहीबार बिहानदेखि खुला गरिएको हो।

मंगलबारदेखि नै बुकिङ खुल्ने बताइए पनि सेन्सर प्रक्रिया ढिला भएका कारण ‘आचार्य’को बुकिङ खोल्न केही समय लागेको हो। ‘आचार्य’कै सेन्सर प्रक्रियाका कारण शुक्रबारदेखि प्रदर्शनमा आउने अन्य नेपाली तथा विदेशी फिल्महरूको शोसमेत हलहरूले पूर्ण रूपमा सार्वजनिक गर्न सकेका थिएनन्।

बुधबार राति सेन्सर पास भएपछि बिहीबार बिहानैदेखि हलहरूले ‘आचार्य’का शो सार्वजनिक गर्दै बुकिङ खुला गरेका हुन्। शुक्रबार नेपालका हलमा यसअघि रिलिज भइसकेका तथा शुक्रबारदेखि रिलिज हुने नेपाली तथा विदेशी गरी १२ वटा फिल्म प्रदर्शनमा रहनेछन्। यी फिल्मका लागि छुट्याइएको कुल शो संख्याको ५० प्रतिशतभन्दा बढी शो ‘आचार्य’लाई दिइएको बताइएको छ। शो संख्या र ट्रेलरले पाएको चर्चाका कारण हल सञ्चालकहरूले फिल्मबाट अपेक्षा राखेको देखिन्छ।

ट्रेलर सार्वजनिक भएदेखि नै चर्चामा रहेको ‘आचार्य’ले नेपालमा ट्रेन्डिङको शीर्ष स्थानमा समेत स्थान बनाएको थियो। निखिल उप्रेतीको एक्सन अवतार, फिल्मको प्रस्तुति र प्राविधिक पक्षलाई लिएर सामाजिक सञ्जालमा दर्शकको चासो बढिरहेको छ।

बुकिङ खुला भएसँगै ‘आचार्य’ले हलमा कस्तो सुरुवात गर्छ भन्ने प्रतीक्षा सुरु भएको छ। सर्वाधिक शो पाएपछि फिल्मको ओपनिङप्रति दर्शक तथा फिल्म क्षेत्रको चासो थप बढेको छ।

निखिल उप्रेतीको होम प्रोडक्सनमा निर्माण भएको ‘आचार्य’ निखिल उप्रेतीकै निर्देशनमा तयार भएको हो। फिल्म असोज ९ गते अर्थात् भोलि शुक्रबारदेखि नेपाल तथा विदेशका हलमा प्रदर्शनमा आउँदैछ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link