काठमाडौं । पछिल्लो समय प्रदर्शनमा रहेका चलचित्रहरूले उत्साहजनक व्यापार गरिरहेका छन् । आइतबारसम्मको व्यापार विवरणअनुसार सर्वाधिक कमाइ ‘पेन्सन पट्टा’ले गरिरहेकाे छ ।
प्राप्त विवरणअनुसार ‘झिँगेदाउ २’ ले प्रदर्शनको दशौं दिनसम्म देशभरबाट १ करोड ३४ लाख रुपैयाँ ग्रस कमाएको छ । फिल्मलाई हालसम्म ४३ हजार ७८६ जना दर्शकले हेरेका छन् ।
त्यस्तै, ‘बेहुली’ ले २ करोड ९६ लाख रुपैयाँ ग्रस कमाउँदै १ लाख ५ हजार दर्शक तानेको छ । ‘पार्वती’ले २ करोड २८ लाख रुपैयाँ कमाएको छ भने यसलाई ८१ हजार दर्शकले हेरेका छन् ।
‘एलिफेन्ट्स इन द फग’ले १ करोड २५ लाख रुपैयाँ ग्रस कमाएको छ । यसलाई ३५ हजार जना दर्शकले हेरेका छन् ।
यस्तै, ‘कार्की साइँला’ले ५ लाख ७८ हजार रुपैयाँ कमाउँदा यसलाई १६९६ जना दर्शकले हेरेका छन् । ‘माया बस्छ कि के हो’ले भने आइतबारसम्म २३ हजार ६६० रुपैयाँ ग्रस कमाएको छ । यसलाई ९२ जना दर्शकले हेरेका छन् ।
अर्कोतर्फ, ‘पेन्सन पट्टा’ले ७ करोड १ लाख रुपैयाँ ग्रस कमाउँदै २ लाख ४४ हजार दर्शकको साथ पाएको छ । दयाहाङ राई र गौमाया गुरुङको शीर्ष भूमिका रहेको यो फिल्मले सकारात्मक प्र्रतिक्रिया पनि प्राप्त गरेको छ ।
यसैबीच, ‘गौँथली’ ले बक्स अफिसमा आफ्नो बलियो पकड कायम राख्दै २५ करोड ९५ लाख रुपैयाँ ग्रस कमाएको छ । फिल्मलाई हालसम्म ९ लाख ४१ हजार दर्शकले हेरेका छन् ।


