Home Main Highlight News चलचित्र ‘परिवार’को दसैँ गीत ‘रातो टीका’ सार्वजनिक
   

चलचित्र ‘परिवार’को दसैँ गीत ‘रातो टीका’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

काठमाडौँ । आगामी कार्तिक १३ गतेदेखि सार्वजनिक प्रदर्शन हुने फिल्म ‘परिवार’को दसैँ गीत ‘रातो टीका’ सार्वजनिक भएको छ । बाबुल गिरीको स्वर, शब्द र संगीत रहेको गीतमा बाबुललाई स्वरमा गायिका बबी लिम्बुले साथ दिएकी छन् ।

डान्सिङ नम्बरको रुपमा प्रस्तुत गरिएको गीतमा दसैँको टिका लगाएपछिको रमाइलो माहोललाई प्रस्तुत गरिएको छ । गीतमा फिल्मका कलाकारहरू कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, लक्ष्मीनाथ तिमिल्सिना, विनिता बस्नेतलगायतको अभिनय रहेकाे छ । गीतमा प्रयोग गरिएका लिङ्गे पिङ, चिटिक्क सजाइएका घर, सफा आँगनले गाउँको झल्को दिन्छ ।

रे अफ आर्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म निर्माणमा शाही फिल्म प्रोडक्सन र विशआई फिल्मसले पनि सहकार्य गरेका छन् । मदन थापाको निर्देशन रहेको फिल्ममा कामेश्वर चौराशिया, लक्ष्मी बर्देवा, विनिता बस्नेत, लुनिभा तुलाधर, लक्ष्मीनाथ तिमिल्सिना, बारिश सोना र प्रियान्शु थापालगायतका कलाकारहरुको अभिनय छ ।

फिल्ममा प्रेम थापा र गणेश उपाध्यायको लेखन, निरज कँडेलको डीओपी, विशेष महर्जन र जयन्द्र कुँवरको छायांकन, एनबी महर्जनको एक्सन छ । रमेश शाही निर्माता रहेको फिल्ममा कैलाश रावल कार्यकारी निर्माता र आरम्भ रिजाल सह–निर्माताको रुपमा छन् ।

https://www.youtube.com/watch?v=zz3ELXTWY0g

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link