Home Main Highlight News राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्वाचित
   

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्वाचित

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा पशुपति शर्मा निर्वाचित भएका छन् । महोत्तरीको बर्दिबासमा जारी महाधिवेशनमा उनी निर्विरोध निर्वाचित भएका हुन् ।

प्रतिष्ठानको यो नावौं महाधिवेशन हो । बिहीबारबाट सुरु महाधिवेशनमा मनोनयन दर्ता हुँदा अध्यक्षका लागि शर्माको मात्र उम्मेदवारी परेको थियो । यसअघि उनी वरिष्ठ उपाध्यक्ष थिए ।

यस्तै  वरिष्ठ उपाध्यक्षमा दीपक खड्का, प्रथम उपाध्यक्षमा सुवास केसी तथा द्वितीय उपाध्यक्षको सांगठनिककतर्फ राजु ढकाल र प्रशासनिकतर्फ रमेशराज भट्टराई निर्विरोध भएका छन् । महासचिवमा  शिव हमाल निर्विरोध निर्वाचित भए ।

उपाध्यक्षका लागि खेम सेच्चुरी, देवी घर्ती, खुमन अधिकारी, पूर्णकला बिसी, श्रीकृष्ण बम मल्ल,  दिपक गरौजा मगर,  घनश्याम रिजाल, नबिन पौडेल, पुस्कल शर्मा, युवराज मगर, रविन लामिछाने, राजकुमार रायमाझी र रामकृष्ण बम मल्लले उम्मेदवारी दिएका छन् । प्रतिष्ठानको अन्य पदमा भने आज मतदान हुँदैछ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link