Home Main Highlight News विश्वभर एकसाथ रिलिज गर्ने भन्दै ’टनेल २६’ काे प्रदर्शन स्थगित
   

विश्वभर एकसाथ रिलिज गर्ने भन्दै ’टनेल २६’ काे प्रदर्शन स्थगित

by Parda Sansar
A+A-
Reset

काठमाडौं । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको चलचित्र ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ को प्रदर्शन स्थगित भएको छ ।

असाेज २३ बाट रिलिजकाे तयारीमा रहेकाे चलचित्र रिलिजकै दिन निर्माण टिमले विज्ञप्ति जारी गर्दै चलचित्रको प्रदर्शन हाललाई स्थगित गरिएको जनाएको हो । प्रदर्शनपूर्व आयोजित ग्रान्ड प्रिमियरबाट प्राप्त उत्साहजनक प्रतिक्रिया र प्रशंसालाई मध्यनजर गर्दै चलचित्रलाई नेपाल र भुटानमा मात्र सीमित नराखी विश्वव्यापी रूपमा प्रदर्शन गर्ने निर्णय गरिएको निर्माण टिमले जनाएको छ।

निर्माण टिमका अनुसार चलचित्रलाई नेपाली, भुटानी, हिन्दी र अंग्रेजी भाषामा विश्वका विभिन्न देशका दर्शकमाझ एकसाथ पुर्‍याउने तयारी भइरहेको छ। त्यसका लागि आवश्यक प्रक्रिया तथा व्यवस्थापन पूरा गरेपछि नयाँ प्रदर्शन मिति सार्वजनिक गरिने विज्ञप्तिमा उल्लेख छ।
यस चलचित्रमा भुटानको एक जलविद्युत सुरुङभित्र भएको हताहतीको घटनापछि उत्पन्न परिस्थितिलाई प्रस्तुत गरिएको छ । ‘डिजास्टर’ जनरामा निर्माण भएको यो फिल्म भुटानमा घटेका वास्तविक घटनाबाट प्रेरित रहेको निर्माण टिमले जनाएको छ । फिल्मलाई कृत्रिम सेटमा मात्र सीमित नराखी कथालाई प्रेरणा दिएको भुटानस्थित वास्तविक सुरुङभित्र समेत महत्वपूर्ण दृश्यको छायांकन गरिएको छ । फिल्ममा साङ्गे छेल्ट्रिम, अनुप बिक्रम शाही, अन्ना शर्मा, रोशिनी दादा, निदुप दोर्जी, फुन्त्सोक धोन्डेन, डेकी ल्हामो लगायत कलाकारकाे अभिनय रहेकाे छ ।
फिल्मलाई डीडी किन्लेले निर्देशन गरेका हुन् । सांगे फिल्म्स र पिक एक्सभीले आफ्नो ब्यानरमा प्रस्तुत गरेका हुन् । निर्मातामा दोर्जी वाङ्चुक नेतृत्वको डोर्जिस प्रोडक्सन, प्रशान्त गुप्ता तथा कृष्ण गुप्ताको नेतृत्वको रेल्टिक पिक्चर्स, भुटान सरकारअन्तर्गतको डिपार्टमेन्ट अफ एमसीआईआइपी, निर्देशक डीडी किन्लेको रोलिङ इमेज पिक्चर्सको सहकार्य छ । क्रिएटिभ निर्मातामा प्रदीप खड्का छन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link