Home हलिउड/बलिउड ‘पठान’लाई उछिन्दै ‘स्त्री २’ बन्यो दोस्रो धेरै कमाउने हिन्दी फिल्म

‘पठान’लाई उछिन्दै ‘स्त्री २’ बन्यो दोस्रो धेरै कमाउने हिन्दी फिल्म

by Parda Sansar
A+A-
Reset

काठमाडौं । अमर कौशिक निर्देशित बलिउडको कमेडी-हरर फिल्म ‘स्त्री २’ ले सिद्धार्थ आनन्द निर्देशित जासूस-थ्रिलर फिल्म ‘पठान’को कमाइलाई उछिन्दै दोस्रो धेरै कमाउने भारतीय फिल्म बनेको छ ।

बलिउड ट्रयाकर स्याननिल्कलाई उध्दृत गर्दै द हिन्दुस्तान टाइम्सले जनाएअनुसार एसएस राजामौलीको सन् २०१७ को ब्लकबस्टर फिल्म ‘बाहुबली २’ लाई उछिनेको एक दिनपछि ‘स्त्री २’ ले उक्त उपलब्धि हासिल गरेको हो ।

गत वर्ष प्रदर्शनमा आएको ‘पठान’को शीर्ष भूमिकामा शाहरुख खानको शीर्ष भूमिका छ । पछिल्लो शनिबारसम्म भारतीय बक्स अफिसमा श्रद्धा कपुर स्टारर ‘स्त्री २’ ले ५१६.२५ करोड नेट भारु कमाएको छ । भारतको सर्वाधिक ग्रसर फिल्म बन्न ‘स्त्री २’ ले अब शाहरुख खानकै अर्को फिल्म ‘जवान’को कमाइलाई उछिन्नुपर्नेछ । ‘जवान’को कमाइ ५८२.३१ करोड भारु छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link