मुम्बइ । बलिउड सिनेमा ‘मिर्जापुरः द मुभिज’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले युट्युबबाट ट्रेलर सार्वजनिक गरेका हुन् ।
यो सिनेमा चर्चित वेब सिरिज ‘मिर्जापुर’मा आधारित छ । निर्माण टिमले सिनेमामा रूपान्तरण गरेर प्रदर्शन गर्न लागेका छन् । सिनेमा ४ सेप्टेम्बर अर्थात् भदौ १९ गते प्रदर्शन हुनेछ ।
सिनेमा मिर्जापुरको ‘गद्दी’माथिको नियन्त्रण, शक्ति संघर्ष, बदला र अपराधको कथामा आधारित छ । ट्रेलरमा पनि मिर्जापुरको ‘गद्दी’माथिको नियन्त्रण, शक्ति संघर्ष, बदला र अपराधको कथालाई फिल्ममा अझ ठूलो स्तरमा प्रस्तुत गरिएको छ ।
सिनेमामा सिरिजका लोकप्रिय पात्र कालीन भैया (पंकज त्रिपाठी), गुड्डु पण्डित (अली फजल) र मुन्ना भैया (दिव्येन्दु शर्मा) पुनः देखिएका छन् ।
पंकज त्रिपाठी, अली फजल र दिव्येन्दु शर्मासँगै सिनेमामा जितेन्द्र कुमार, रवि, अभिषेक बी, रसिका दुग्गल, मोहित मलिक, शिबा चड्ढा, राजेश तैलंग, प्रमोद पाठक, श्रिया पिलगाउँकर, हर्षिता शेखर गौर, श्वेता त्रिपाठी, सोनल एस। चौहान, अनंग्शा विश्वास, शाजी चौधरी, सतेन्द्र सोनी, कुलभूषण खरबन्दा र सुशान्त सिंहकाे अभिनय छ ।
सिनेमा गुरमीत सिंहले निर्देशन गरेका हुन् भने कथा पुनीत कृष्णाले लेखेका छन् ।


