Home समाचार सार्वजनिक भयो ‘लभ एन्ड वार’को झलक
   

सार्वजनिक भयो ‘लभ एन्ड वार’को झलक

by Parda Sansar
A+A-
Reset

मुम्बई । सञ्जय लीला भन्सालीको बहुप्रतीक्षित फिल्म ‘लभ एन्ड वार’बाट अभिनेत्री आलिया भट्टको पहिलो झलक सार्वजनिक भएको छ।

निर्माण पक्षले शुक्रबार आलियाको पोस्टर सार्वजनिक गरेको हो। यसअघि बिहीबार रणवीर कपूरका दुई पोस्टर सार्वजनिक भएका थिए।

पोस्टरमा आलियालाई गाढा रातो र गुलाबी रंगको आकर्षक पहिरनमा देखाइएको छ। टाउकोमा विशेष किसिमको शृंगारसहितको पहिरनमा देखिएकी उनी नृत्य गर्ने कलाकारको झल्को दिने अवतारमा प्रस्तुत भएकी छन्। पोस्टरको शैलीले फिल्ममा उनको भूमिका नृत्यसँग जोडिएको हुनसक्ने संकेत गरे पनि निर्माण पक्षले उनको चरित्रबारे धेरै जानकारी सार्वजनिक गरेको छैन।

यो फिल्ममा रणवीर कपूर, आलिया भट्ट र विक्की कौशल मुख्य भूमिकामा छन्। रणवीर र भन्सालीबीच करिब दुई दशकपछि पुनः सहकार्य भएको हो। रणवीरले भन्सालीकै निर्देशनमा सन् २००७ को ‘सावरिया’बाट अभिनय यात्रा सुरु गरेका थिए।

आलियाले यसअघि भन्सालीको ‘गंगुबाई काठियावाडी’मा काम गरिसकेकी छन्। त्यस्तै, रणवीर र विक्कीले ‘सञ्जु’ तथा आलिया र विक्कीले ‘राजी’मा सँगै काम गरिसकेका छन्।

फिल्मको कथा निर्माण पक्षले गोप्य राखेको छ। यद्यपि, विभिन्न रिपोर्टअनुसार यो युद्धको पृष्ठभूमिमा बनेको प्रेमकथामा आधारित फिल्म हो। ‘लभ एन्ड वार’ सन् २०२७ जनवरी २१ मा विश्वव्यापी रूपमा प्रदर्शनमा आउने तय छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link