Home स्थानीय समाचार बाल दिवसको अवसरमा नगरस्तरीय वक्तृत्व कला

बाल दिवसको अवसरमा नगरस्तरीय वक्तृत्व कला

मोहनमायाकी एलिना प्रथम

by Parda Sansar
A+A-
Reset

बिर्तामोड, २७ भदौ । राष्ट्रिय शिक्षा दिवस तथा बाल दिवस २०८१ को अवसरमा बिर्तामोड नगरपालिकाको आयोजनामा बिहीबार बिर्तामोडमा नगरस्तरीय वक्तृत्व कला प्रतियोगिता सम्पन्न गरिएको छ । वक्तृत्व कलाको विषय ‘स्वदेशमै शिक्षा र स्वदेशमै रोजगारी’ रहेको थियो ।

कक्षा ९ र १० का विद्यार्थी सहभागी प्रतियोगितामा सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयबाट ३० जना विद्यार्थीले आआफ्नो तर्क प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा मोहनमाया माध्यमिक विद्यालयकी छात्रा एलिना तिम्सिना प्रथम, न्यूटन्स एकाडेमीकी छात्रा रोसिना दाहाल द्वितीय, एभरेष्ट स्मार्ट स्कुलकी प्राप्तिका निरौला तृतीय, सेन्ट जेभियर्सका छात्र प्रयास गिरी र महेन्द्ररत्न माध्यमिक विद्यालयकी छात्रा स्मृति आचार्य सान्तवना भएका छन् ।

विजेताहरु प्रथम, द्वितीय, तृतीय र सान्तवनाले क्रमश ४ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन् । विजेताहरुलाई राष्ट्रिय शिक्षा दिवसको दिन असोज २ गते पुरस्कार वितरण गरिने नगरका शिक्षा शाखा प्रमुख उपसचिब तिलचन भण्डारीले जानकारी दिनु भयो ।
प्रतियोगिताको निर्णायकमा पूर्व उपसचिब उद्दव विष्ट भद्रपुर र कनकाई नगरपालिका स्थित भृकुटी माध्यमिक विद्यालयका शिक्षक शिशिर भट्टराई रहनु भएको थियो ।

नगर उप-प्रमुख नगेन्द्र प्रसाद संग्रौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link