Home Main Highlight News चलचित्र ‘श्री बुकुरो’को टिजर सार्वजनिक

चलचित्र ‘श्री बुकुरो’को टिजर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

काठमाडौं । सुदीप भूपाल सिंहको निर्देशनमा बनेको नेपाली चलचित्र ‘श्री बुकुरो: द होम कलिङ’को टिजर सार्वजनिक भएको छ । निर्देशक सिंह ७ वर्षपछि निर्देशनमा फर्किएका हुन् । उनले यसअघि ‘माला’ र ‘रुद्रप्रिया’ जस्ता चलचित्रहरू निर्देशन गरेका थिए ।

सार्वजनिक गरिएको टिजरले चलचित्रको कथा एक ग्रामीण परिवेशमा केन्द्रित रहेको सङ्केत गर्दछ । मुख्य कलाकार लक्ष्मी गिरीले वाचन गरेको कविताको अंशबाट सुरु हुने टिजरमा लक्ष्मी गिरी र आशीर्वाद क्षेत्री गाउँ फर्किरहेको दृश्य देखाइएको छ । यसले चलचित्रमा पारिवारिक सम्बन्ध र ग्रामीण जीवनशैलीलाई प्राथमिकता दिइएको देखाउँछ ।

चलचित्रमा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतीकराज आचार्य, रोशनी कार्की, राजन ईशान, दीपिका थापा, लय सङ्ग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मि भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

‘फिल्म रेञ्ज’को ब्यानरमा निर्माण भएको यस चलचित्रको लेखन निर्देशक सुदीप भूपाल सिंह स्वयंले गरेका हुन् भने रुबी सेन सिंह निर्माता हुन् । सञ्जय लामा र राजेश श्रेष्ठले चलचित्रको छायाङ्कन गरेका छन् । मुस्ताङ, बागलुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा गरी ५७ दिनसम्म छायाङ्कन गरिएको चलचित्रको गीतमा रञ्जित गजमेर र वसन्त सापकोटाको सङ्गीत छ ।

चलचित्रको प्रदर्शन मिति चाँडै नै सार्वजनिक गरिने निर्देशक सिंहले बताएका छन् ।

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link