Home ठूलो पर्दा ‘पाँच पाण्डव’मा धुर्मुस–सुन्तली सँगै

‘पाँच पाण्डव’मा धुर्मुस–सुन्तली सँगै

by Parda Sansar
A+A-
Reset

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अभिनीत नयाँ फिल्म पाँच पाण्डव निर्माण हुने भएको छ। वसन्त निरौलाको निर्देशन रहने फिल्मको निर्माण कल्याणी साखले गर्नेछिन्।

चलचित्र विकास बोर्डले चैत १७ गते फिल्म निर्माणको स्वीकृति दिएको हो। बोर्डमा दर्ता विवरणअनुसार फिल्मको अनुमानित बजेट ३ करोड ३२ लाख रुपैयाँ रहेको छ। काली रानी फिल्म्सको ब्यानरमा बन्ने फिल्मको निर्माण तयारी भइरहेको छ।

धुर्मुस र सुन्तलीले पछिल्लो पटक पाँच वर्षअघि सार्वजनिक भएको फिल्म सेन्टी भाइरस मा सँगै अभिनय गरेका थिए। त्यसयता धुर्मुस लाज शरणम् मा देखिएका थिए भने सुन्तली अभिनयबाट टाढा रहेकी थिइन्।

निर्देशक निरौलाको पछिल्लो निर्देशन ज्वाइँ साब गत दशैंमा प्रदर्शनमा आएको थियो। पाँच पाण्डव सम्बन्धमा निर्माण पक्षले विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन। तर, धुर्मुस र सुन्तलीको पुनर्मिलनले दर्शकमा उत्सुकता बढाएको छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link