Home Main Highlight News चलचित्र ‘मोहर’को ‘झुम झुम झुम्किका’ गीत सार्वजनिक
 

चलचित्र ‘मोहर’को ‘झुम झुम झुम्किका’ गीत सार्वजनिक

by Parda Sansar
A+A-
Reset

काठमाडौँ । आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मोहर’को दोस्रो गीत ‘झुम झुम झुम्किका’ सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर, हर्क साउदको शब्द, एसडी योगीको संगीत छ ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार पल शाह र बेनिशा हमाललाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा यी दुई कलाकार छमछमी नाचेका छन् । यसअघि सार्वजनिक फिल्मको शीर्ष गीतमा पल शाह र नीति शाहको जोडीलाई देखाइएको थियो ।

फिल्म मेकर्स प्रा.लिको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता चुम्बन जंग शाही हुन् । फिल्ममा अर्जुन जंग शाही, रवीन्द्र झा, लक्ष्मी गिरीको पनि मुख्य भूमिका छ ।

फिल्ममा कुमार महर्जनको एक्सन, दिपेन बस्न्यातको छायाङ्कन, सुरेश अधिकारी, एसडी योगी र थानेश्वर गौतमको संगीत छ । देउकी प्रथाको कथामा तयार भएको यो फिल्मको सार्वजनिक गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link