Home Main Highlight News ‘सकम्बरी’ बाट फिल्ममा फर्किंदै जीवन लुइँटेल

‘सकम्बरी’ बाट फिल्ममा फर्किंदै जीवन लुइँटेल

by Parda Sansar
A+A-
Reset

काठमाडौं । अभिनेता तथा पूर्वमिस्टर नेपाल जीवन लुइँटेलले ७ वर्षपछि फिल्म अभिनयमा पुनरागमन गर्ने पक्का भएको छ । निर्माण हुन लागेको कथानक फिल्म ‘सकम्बरी’मा लुइँटेललाई शीर्ष भूमिकामा देख्न पाइने भएको हो । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको यो फिल्ममा बुधबार जीवनसँग लिखित सम्झौता भएको छ ।

बुधबार नै यो फिल्ममा अभिनेता अर्पण थापा पनि अनुबन्धित भएका छन् । दुवै अभिनेतासँग एकेडेमीले लिखित सहमति गरेको हो । शीर्ष भूमिका ‘सकम्बरी’ र निर्देशकबारे आउँदो साता जानकारी दिइने एकेडेमीका सीइओ प्रकाश पुरीले बताए । उनका अनुसार तिहारपछि यो फिल्मको छायांकन हुनेछ ।

पारिजातको चर्चित पुस्तक ‘शिरीषको फूल’का पात्रबाट प्रभावित भएर फिल्म बनाउन लागिएपनि यो फिल्मको कथा पुस्तकमा आधारित नरहेको पुरीले बताए । ‘यो फिल्मको कथा मोर्डन सकम्बरी, सुयोगवीर र शिवराजको हो । तर, कथावस्तु पुरै नयाँ हुनेछ’ उनले भने, ‘ती आधुनिक पात्रले कसरी बाँच्छन् र सोच्छन् कथा यसमा छ ।’

जीवनले सुयोगवीर र अर्पणले शिवराजको चरित्र निर्वाह गर्नेछन् । दोस्रो विश्वयुद्ध कालखण्डको समेत दृश्य उतार्नुपर्ने भएकाले यो फिल्मलाई बर्मा (म्यानमार) र नेपालमा छायांकन गर्ने तयारी छ । यी दुई अभिनेताले पहिलोपटक सहकार्य गर्न लागेका हुन् । कान्तिपुर फिल्म एकेडेमीकै नाटक ‘शिरीषको फूल’बाट लुइँटेलले ७ वर्षपछि अभिनयमा पुनरागमन गरेका थिए ।

लुइँटेलले सन् २०२५ मा आफूले दुईवटा फिल्म गर्ने जानकारी दिए । ‘सकम्बरी’ साइन गरेपछि जीवन केही दिनमा अमेरिका उड्ने तयारीमा छन् । तिहार सकिएलगत्तै उनी छायांकनलाई काठमाडौं फर्किनेछन् । फिल्म साइन गरेपछि जीवन र अर्पणले एकअर्कासँग स्क्रिन सेयर गर्ने अवसर पाउन लागेकोमा खुसी व्यक्त गरे ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link