Home Main Highlight News खुशियाली माहोल बनाउने ‘हर्ष’को गीत ‘सिटीमार’ सार्वजनिक

खुशियाली माहोल बनाउने ‘हर्ष’को गीत ‘सिटीमार’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । मंसिर १२ गतेबाट रिलिज हुने फेमिली ड्रामा चलचित्र ‘हर्ष’ ले नाम अनुसारकै उत्कृष्ट गीत सार्वजनिक गरेको छ । ‘सिटीमार’ बोल रहेको गीतमा बिहेको माहोलमा सबै हर्षित देखिन्छन् ।

एलिस कार्कीको संगीतमा तयार भएको गीतमा प्रताप दास र सदिक्षा कट्टेलले सबैलाई नचाउने स्वर भरेका छन् । गीतमा पवित्रा घिमिरेको शब्द रचना रहेको छ । गीतलाई सुनिल क्षेत्रीले कोरियोग्राफी गरेका हुन् । जसमा उनको डान्स पनि देख्न सकिन्छ । गीतको छायांकन आलोक शुक्लाले गरेका हुन् ।
डेब्यू निर्देशक एकता पौडेल निर्देशनमा तयार भएको यस फिल्मको यो गीतले निक्कै राम्रो डान्सिङ माहोल बनाउने देखिएको छ । एकातिर गीतका हरेक शब्दले मन छुन्छ भने कलाकारहरुको अभिनय पनि बेजोड देख्न सकिन्छ ।

गीतमा मुख्य कलाकारहरु खगेन्द्र लामिछाने, वर्षा राउत, सन्तोष पन्त, माओत्से गुरुङ, विशाल पहारी, लुनिभा तुलाधर, अंशु महर्जन लगायतलाई देख्न सकिन्छ ।

निर्माण पक्षले पनि यो गीतलाई नेपालीहरूको हरेक खुशीको जमघटको प्रिय डान्सिङ गीत बन्ने विश्वास व्यक्त गरेको छ । फिल्मको सम्पूर्ण छायांकन चितवनमा गरिएको हो भने हाल पोस्ट-प्रोडक्सनको चरणमा रहेको छ ।

फिल्मलाई प्रशन्न पौडेल र विकास पौडेलले निर्माण गरेका हुन् भने हिक्मत चोखाल कार्यकारी निर्माता रहेका छन् ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राइम मुभिजको ब्यानरमा बनेको फिल्मको कथा निर्देशक पौडेलले नै लेखेकी हुन् । गोविन्द शाहीको काफिया फिल्म्सले वितरण गर्ने फिल्मको डिजिटल अधिकार बुढासुब्बा डिजिटलले खरिद गरेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link