Home Main Highlight News ‘महाभारत’मा कर्ण बनेका पंकज धीरको निधन

‘महाभारत’मा कर्ण बनेका पंकज धीरको निधन

by Parda Sansar
A+A-
Reset

काठमाडौं । बहुचर्चित महाभारत टेलिश्रृङ्खलामा ‘कर्ण’को भूमिका निभाएर लोकप्रिय बनेका अभिनेता पंकज धीरको निधन भएको छ । उनको बुधबार बिहान निधन भएको भारतीय मिडियामा खबर छ ।

६८ वर्षीय पंकज लामो समयदेखि क्यान्सरसँग जुधिरहेका थिए । रोग धेरै बल्झिएपछि केही महिनाअगाडि उनको मेजर अप्रेसन गरिएको थियो ।
सन् १९८८ मा दूरदर्शनमा प्रसारित बीआर चोपडाको टिभी सिरियल ‘महाभारत’ मा कर्णको भूमिका निभाएपछि उनी दर्शकमाझ प्रिय भएका थिए ।

त्यस्तै, उनले चन्द्रकान्ता जस्ता लोकप्रिय टेलिश्रृङ्खलामा ‘महाराज’ जस्तो महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । पञ्जाबमा जन्मिएका धीरले फिल्महरूमा पनि काम गरेका थिए । तर, टेलिभिजनबाटै उनको मुख्य पहिचान बनेको थियो ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link