Home Main Highlight News फिल्म ‘धागो’ को गीत ‘मेरो सम्झना’ सार्वजनिक

फिल्म ‘धागो’ को गीत ‘मेरो सम्झना’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको नेपाली फिल्म ‘धागो’ को दोस्रो गीत ‘मेरो सम्झना’ बिहीबार सार्वजनिक गरिएको छ। यो गीतले फिल्मको भावनात्मक पाटो उजागर गरेको छ, जसले पारिवारिक सम्बन्ध र तिनका नाजुक धागोहरूलाई स्पर्श गर्ने प्रयास गरेको छ। गीतमा सङ्गीत तथा स्वर पुष्पन प्रधानले दिएका छन्, उनलाई करुणा अधिकारीले स्वरमा साथ दिएकी छिन्।

गीतको धुन र शब्दमा दुवैले बिछोड, सम्झना र सम्बन्धको संवेदना झल्काउँछन्। भिडियोमा फिल्मका कलाकारहरू सुरक्षा पन्त र प्रभात थापाबिचको भावनात्मक कथा प्रस्तुत गरिएको छ। भिडियोले फिल्मको मूल कथा एक परिवारभित्र सम्बन्धको धागो कमजोर भएपछि उत्पन्न हुने संवेदनशील परिस्थितिलाई प्रतिबिम्बित गर्छ।

‘धागो’ आगामी कार्तिक २८ गते (नोभेम्बर १४) नेपाल र भारतका हलमा एकसाथ रिलिज हुन लागेको फिल्म हो। यसको निर्देशन उदिप राणा थापाले गरेका हुन्। फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्शन हाउसले निर्माण गरेको यस फिल्ममा निर्माता उमा थापा, उत्तम थापा र उदिप थापा रहेका छन्। प्रभात थापा, समीर तामाङ र राजेश क्षेत्री सह–निर्माता हुन् भने अब्दुल वहिद एम. र उदय थापा सुपरभाइजिङ प्रोड्युसरका रूपमा रहेका छन्।

छायाङ्कन निर्देशन बलिउडका अनिकेर एम. घोघले गरेका हुन् भने सम्पादनमा अखिलेश राय, कस्ट्युम डिजाइनमा बिनु प्रधान, भीएफएक्समा अनुरूप केर्टकेट्टा, रङ संयोजनमा अनिन्दिया एस. राय, साउन्ड डिजाइनमा अमित त्रिवेदी, कोरियोग्राफिमा कविराज गहतराज र बसन दर्जी, कन्सल्टेन्ट एडिटरमा कमलेश पराउ, र ब्याकग्राउण्ड स्कोरमा निर्मल पन्या रहेका छन्।

 

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link