Home Main Highlight News ‘पीआर’को  ‘टाटा बाइ बाइ’ बोलको गीत सार्वजनिक
 

‘पीआर’को  ‘टाटा बाइ बाइ’ बोलको गीत सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड ।  आगामी मंसिर २६ गते रिलिज हुन लागेकाे सिनेमा ‘पीआर’को  ‘टाटा बाइ बाइ’ बोलको गीत सार्वजनिक भएकाे छ । गीतमा नीर शाह र गौरी मल्लको रमाइलो नृत्य देख्न सकिन्छ भने दिक्पाल कार्की र विनिता कार्कीलाई बेहुला–बेहुलीको रूपमा प्रस्तुत गरिएको छ ।

गीतमा टेक बी.सी. र प्रीती घिमिरेको स्वर तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको चलचित्रको निर्देशक शोभित बस्नेत हुन भने विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, म्याक्स कृष्ण थापा, नवीन घायल लगायतको अभिनय छ । विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी. र दिक्पाल कार्की छन् ।

चलचित्रका प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी, निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल, लेखन गणेश बुढाथोकी र वितरण आर आर फिल्म्सले गर्नेछ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link