Home Main Highlight News ‘द ब्ल्यू लाइट’ काे नयाँ पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक
 

‘द ब्ल्यू लाइट’ काे नयाँ पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । फिल्म ‘द ब्ल्यू लाइट’ आगामी पुस १० गतेदेखि प्रदर्शनमा आउने भएको छ। सोमबार एक नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति घोषणा गरेको हो ।

सार्वजनिक पोस्टरमा फिल्मका पाँच मुख्य कलाकारलाई समेटिएको छ। नीलो बत्तीको आभा परेको, घर वा होटलजस्तो देखिने रहस्यमय पृष्ठभूमिमा महेश त्रिपाठी, अर्पण थापा, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र आयुशमान देशराज जोशी देखिएका छन्। सबै कलाकारको भावभंगिमा निराशा र मानसिक तनाव झल्किन्छ भने पछाडितिर उभिएका महेश त्रिपाठीको हातमा बञ्चरो देखिन्छ, जसले फिल्मको थ्रिलर वातावरणलाई अझ गम्भीर बनाएकाे छ ।

बलिराम चौहानको निर्देशनमा तयार गरिएको ‘द ब्ल्यू लाइट’ एक साइकोलोजिकल थ्रिलर फिल्म हो । फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, आयुशमान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी, बाल कलाकार ग्रिसमा कटुवाल र सहारा शर्माको अभिनय रहेको छ।

स्काइफल पिक्चर्सको प्रस्तुति रहेको यस फिल्मले मनोवैज्ञानिक रहस्य र पात्रहरूको आन्तरिक संघर्षलाई केन्द्रमा राख्ने अपेक्षा गरिएको छ। स्काइफलकाे पिक्चर्सकाे अफिसियल पेजमा पाेस्टर सार्वजनिक गर्दै लेखिएकाे छ – “यो फिल्म एउटा कथा मात्र होइन, रातको शहरमा लुकेको मनोवैज्ञानिक भूलभुलैया हो, जहाँ प्रत्येक पात्रले आफ्नो अतीतसँग र प्रत्येक उज्यालाले आफ्नो सत्यसँग लड्नुपर्छ।”

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link