Home Main Highlight News फिल्म ‘मुगलान’को पहिलो गीत ‘पिन्टु पियारी’ सार्वजनिक
 

फिल्म ‘मुगलान’को पहिलो गीत ‘पिन्टु पियारी’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । आगामी पुष १० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मुगलान’को पहिलो गीत ‘पिन्टु पियारी’ सार्वजनिक गरिएको छ । एक कार्यक्रमको आयोजना गर्दै दर्शकमाझ ल्याइएको लोकलयमा आधारित यस गीतमा हरि गिरी (विमर्शी) र शान्तिश्री परियारको स्वर रहेको छ भने गायक गिरी स्वयंको शब्द तथा संगीत छ ।

देवेन्द्र कुँवरको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य जोडी प्रभात पाल र स्मारिका ढकाल छमछमी नाचेका छन् । उनीहरूले एक-अर्काप्रति व्यक्त गरेको प्रेमभाव गीतमा समेटिएको छ । प्रभातले स्मारिकालाई आफ्नो मनमा ‘शासन चलाएर बस्न’ आग्रह गरेका छन् भने स्मारिकाले सँगै हाँस्ने-रुने वाचा गर्दै आफ्नो माया व्यक्त गरेकी छन् ।

आशिष ढकालको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा प्रभात र स्मारिकासहित श्री शिवांशी, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, खड्ग बहादुर पुन (ख.ब.पु.), राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम, सबिन बास्तोला लगायतको पनि अभिनय रहेको छ । टिकटकर स्मारिकाले यही फिल्मबाट डेब्यु गरेकी हुन् ।

गोमन सिंह निर्माता रहेको फिल्ममा रिता चौधरी सह-निर्मातामा छन् । यसमा अजय रेग्मीको डीओपी, तारा थापा ‘किम्भे’को सम्पादन, जय बिष्ट र राम गुरुको द्वन्द्व निर्देशन, रिदम कँडेलको ब्याकग्राउन्ड म्यूजिक तथा किरण भुषालको संगीत रहेको छ । फिल्मले त्रिकोणात्मक प्रेमकथा, गरिबी, र परदेशमा नेपालीले भोग्नुपर्ने पीडालाई मुख्य कथावस्तु बनाएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link