Home Main Highlight News बबीको नयाँ गीत ‘पञ्चे बाजा’ सार्वजनिक
 

बबीको नयाँ गीत ‘पञ्चे बाजा’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामोड ।  मङ्सिर महिना विवाहको सिजन लागे संगै नयाँ नृत्यमय गीत ‘पञ्चे बाजा बजाई लान्छु’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा सुर रक्स र बबी रोजा ढकालको स्वर रहेको छ। गीतमा सुर रक्सकै शब्द तथा संगीत रहेको छ। सुनिल क्षेत्रीले निर्देशन गरेको भिडियोमा सुनिल क्षेत्री र संचिता बोलाखे फिचर्ड छन्। दिनेश पराजुलीले छायांकन गरेको भिडियोमा अमृत चापागाईंको सम्पादन रहेको छ।

भिडियो श्री चाम्लिङ्ग राईले निर्माण गरेका हुन्। नृत्य, संगीत र रंगीन दृश्यको सुंदर संयोजन भएको यो गीत दर्शक–श्रोतालाई छमछम नाच्न बाध्य पार्ने खालको बनेको छ। गीतको भिडियो श्री सिम्फोनिक स्टुडियोको अफिसियल यु ट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link