Home Main Highlight News ‘पार्वती’लाई युनिभर्सल सर्टिफिकेट, अमेरिका र अस्ट्रेलियामा पनि प्रदर्शन हुने
 

‘पार्वती’लाई युनिभर्सल सर्टिफिकेट, अमेरिका र अस्ट्रेलियामा पनि प्रदर्शन हुने

by Parda Sansar
A+A-
Reset

काठमाडौं । अभिनेत्री नीता ढुंगानाको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘पार्वती’ले चलचित्र केन्द्रीय जाँच समितिबाट ‘युनिभर्सल’ सर्टिफिकेट प्राप्त गरेको छ । योसँगै साना नानीबाबुदेखि हजुरबुबा–हजुरआमासम्म सबै उमेर समूहका दर्शकले याे चलचित्र हेर्न पाउने भएका छन् ।

सर्टिफिकेट पाएपछि निर्देशक ढुंगानाले खुसी व्यक्त गर्दै सम्पूर्ण परिवारलाई साथमा बसेर चलचित्र हेर्न आग्रह गरेकी छन् । अटिजम भएकी दिदी र भाइबीचको प्रेम, माया र पारिवारिक सम्बन्धको कथा प्रस्तुत गर्ने चलचित्र भदौ १२ गते शुक्रबारदेखि नेपालभर प्रदर्शन हुँदैछ ।

नेपालमा प्रदर्शनको तयारी भइरहेका बेला ‘पार्वती’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकारसमेत बिक्री भएको छ । निर्माण पक्षका अनुसार अमेरिका र अस्ट्रेलियाका वितरकले चलचित्रको प्रदर्शन अधिकार खरिद गरेका छन् । अस्ट्रेलियामा सेप्टेम्बर ४ देखि नमस्ते इन्टरटेन्मेन्ट र अमेरिकामा सेप्टेम्बर ११ देखि माया डिजिटल युएसएले चलचित्र प्रदर्शन गर्नेछन् ।

चलचित्रमा नीता ढुंगानासँगै अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल र दिप्त प्रकाश अधिकारीलगायतको अभिनय छ ।

हरिहर अधिकारी निर्माता रहेको चलचित्रमा शिवम् अधिकारीको पटकथा, सुदीप बरालको छायांकन, साहिल खानको सम्पादन तथा रामजी लामिछानेको नृत्य निर्देशन छ । नेपालमा एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएकाे छ । ‘दिदी भाइ’ काे गीत र ट्रेलरले अहिले दर्शकमाझ चर्चा पाइरहेकाे छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link