Home ठूलो पर्दा सिनेमा आर्टकाे ब्यानरमा अनमोल र जसिता पुनः एकसाथ देखिँदै
 

सिनेमा आर्टकाे ब्यानरमा अनमोल र जसिता पुनः एकसाथ देखिँदै

by Parda Sansar
A+A-
Reset

काठमाडौं । पछिल्लो समय दर्शकमाझ निकै रुचाइएको जोडी अनमोल केसी र जसिता गुरुङ पुनः एकसाथ पर्दामा देखिने भएका छन्। प्रतिष्ठित ब्यानर सिनेमा आर्टले निर्माण गर्न लागेको नयाँ फिल्ममा अनमोल र जसिता मुख्य भूमिकाका लागि अनुबन्ध भएका हुन्।

सिनेमा आर्टले बिहीबार निर्देशक सुयोग गुरुङ, अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङसँग औपचारिक सम्झौता गरेको हो। यससँगै दर्शकले अनमोल र जसिताको जोडीलाई पुनः नयाँ कथामा हेर्न पाउने भएका छन्।

‘कबड्डी’ सिरिजसहित ‘पुरानो डुङ्गा’, ‘झुम्की’, ‘घामपानी’, ‘मिस्टर झोले’, ‘आप्पा’ र ‘दिमाग खराब’ लगायत चर्चित फिल्म निर्माण गरिसकेको सिनेमा आर्टले यो फिल्मलाई विशेष रूपमा अघि बढाइरहेको छ।

फिल्मको शीर्षक भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। निर्माता रौनक विक्रम कडेलका अनुसार फिल्मको नाम तथा अन्य विवरण उपयुक्त समयमा सार्वजनिक गरिनेछ। फिल्मको छायांकन आगामी मंसिरदेखि सुरु गर्ने तयारी छ। अन्य कलाकारको छनोट र प्रि–प्रोडक्सनको काम पनि तीव्र रूपमा अघि बढिरहेको निर्माण पक्षले जनाएको छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link