काठमाडौँ । बलात्कार तथा महिला हिंसाविरुद्ध आवाज उठाउन गायक सागर सुनारले नयाँ RAP गीत तयार गरेका छन् । ‘अस्मिता गायब’ शीर्षक दिइएको पोस्टर सार्वजनिक गर्दै उनले दर्शकलाई माझ चाँडै यो गीत ल्याउने जानकारी गराएका हुन् ।
पोस्टरको पृष्ठभूमिमा एकातिर पीडित महिला र अर्कोतिर लागुऔषध दुर्व्यसनमा फँसेको युवालाई देख्न सकिन्छ । पोस्टरले गीतको विषयवस्तु गम्भीर र सामाजिक सरोकारसँग जोडिएको संकेत गर्छ ।
‘अस्मिता गायब’मा सागर सुनारकोर् याप तथा लिरिक्स रहेको छ भने महिला स्वरमा स्वस्तिका सुनार र हमिङमा दिक्ष्या विश्वकर्माको आवाज सुन्न पाइनेछ । पोस्टरमा प्रथम बिट्सद्वारा संगीत संयोजन तथा बिट प्रोडक्सन गरिएको उल्लेख छ ।
गीतको भिडियोमा बिकास बराइली, कपिलकुमार दाहाल, सञ्जिता सुनारलगायत कलाकारको अभिनय रहनेछ । गीतको निर्देशन मिराक लिम्बूले गरेका छन् भने सम्पादन तथा कलर पवन चन्द पीएम र छायांकनको जिम्मेवारी विकासचन्द्र थापाले सम्हालेका छन् । यो गीतलाई सागर सुनारले बलत्कृत तथा बलात्कार भएर अकालमै आफ्नो अमूल्य जीवन गुमाएका सम्पूर्ण चेलीहरुमा समर्पित गरेका छन् ।


