Home Main Highlight News ‘एलिफेन्ट्स इन द फग’मा आमा–छोरीको सम्बन्धको कथा
 

‘एलिफेन्ट्स इन द फग’मा आमा–छोरीको सम्बन्धको कथा

by Parda Sansar
A+A-
Reset

काठमाडौं । भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ तेस्रोलिंगी समुदायको कथामा मात्रै केन्द्रित नरहेको निर्माणपक्षले स्पष्ट पारेको छ ।

निर्माता अनुप पौडेलका अनुसार चलचित्रको केन्द्रमा किन्नर समुदायकी महिला पिरती छिन् । उनी आफ्नो समुदाय, छोरी र आफूले चाहेको जीवनबीच संघर्ष गरिरहेकी हुन्छिन् । तर फिल्म मूलतः आमा र छोरीबीचको सम्बन्ध, प्रेम, मातृत्व र परिवारको कथामा आधारित रहेको पौडेलले बताए ।

“किन्नर समुदाय फिल्मको महत्वपूर्ण हिस्सा हो, तर कथा त्यतिमै सीमित छैन,” पौडेलले भने, “एउटी आमाले हराएकी छोरीलाई खोज्न कहाँसम्म पुग्न सक्छिन् भन्ने कथा हो ।”

अविनाश विक्रम शाहको निर्देशन तथा पटकथामा बनेको चलचित्रले कान्ससहित विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागिता जनाइसकेको छ । कान्समा जुरी च्वाइस अवार्ड पाएपछि नेपालमा पनि फिल्मप्रति दर्शकको चासो बढेको छ ।

जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथामा आधारित फिल्ममा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग र आकांक्षा कार्कीलगायतको अभिनय छ ।

नेपाल, फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा चलचित्र निर्माण गरिएको हो ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link