Home Main Highlight News प्रदीप र सनिशाकाे ‘शुभ विवाह’ छायांकन सुरु
 

प्रदीप र सनिशाकाे ‘शुभ विवाह’ छायांकन सुरु

by Parda Sansar
A+A-
Reset

काठमाडौं । निर्देशक सुदर्शन थापाको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘शुभ विवाह’को छायांकन सुरु भएको छ। प्रियदर्शन फिल्मसको ब्यानरमा निर्माण भइरहेको चलचित्रको छायांकन पर्यटकीय नगरी पोखराबाट थालिएको हो।

४५ दिनको छायांकन तालिका तय गरिएको फिल्ममा अभिनेता प्रदीप खड्का र अभिनेत्री सनिशा भट्टराई मुख्य भूमिकामा छन्। निर्देशक थापा र प्रदीपले यसअघि सफल चलचित्र ‘प्रेम गीत’मा सहकार्य गरेका थिए।

रोमान्टिक कथामा आधारित फिल्ममा हरिहर शर्मा, वसुन्धरा भुसाल, विशाल पहारी, अन्शु महर्जन, अनिता बस्नेतलगायत कलाकारको अभिनय रहनेछ। सुप्रिया कटुवाल निर्माता र साम भुजेल कार्यकारी निर्माता रहेको फिल्मको कथा प्रदीप श्रीवास्तवले लेखेका हुन्।

पटकथा तथा संवाद रामशरण पाठकको रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, राजेश श्रेष्ठको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहनेछ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link