Home Main Highlight News ‘बेहुली’को दोस्रो गीत ‘म भइन भने’ सार्वजनिक
 

‘बेहुली’को दोस्रो गीत ‘म भइन भने’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

काठमाडौं । भदौ २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बेहुली’को दोस्रो गीत ‘म भईन भने’ सार्वजनिक गरिएको छ। चलचित्रको पहिलो गीत ‘दिलमा ठाउँ छ’ युट्युबमा १ करोड भ्यूज नजिक पुगिरहेका बेला निर्माण टिमले नयाँ रोमान्टिक गीत दर्शकमाझ ल्याएको हो।

सुरेश लामा र दुर्गा खरेलको स्वर रहेको गीतमा संगीतकार तथा चलचित्रका प्रस्तुतकर्ता अर्जुन पोखरेलको शब्द र संगीत तथा उदय राज पौडेलको एरेन्जमेन्ट छ। गीतको भिडियोमा मुख्य कलाकार पारस बम ठकुरी र दिव्या रायमाझीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ।

उत्सव दाहालको सिनेमाटोग्राफी र सियोन श्रेष्ठको कोरियोग्राफी रहेको भिडियो दार्जिलिङ, मिरिक र सिक्किमका रमणीय स्थानमा छायांकन गरिएको हो । सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको चलचित्रमा पारस र दिव्यासँगै सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारीलगायत कलाकारको अभिनय छ।

द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा बनेको चलचित्रलाई काठमाडौं उपत्यकामा काफिया फिल्म्स र बाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्नेछन्। यसको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link