Home Main Highlight News ममता राईको शब्द रहेको गीत ‘पूर्वै घुमेर’ सार्वजनिक
 

ममता राईको शब्द रहेको गीत ‘पूर्वै घुमेर’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । समाजसेवी गीतकार ममता राईको शब्द रहेको गीत ‘पूर्वै घुमेर’ सार्वजनिक गरिएको छ । मेलिना राई र कृष्णभक्त राईको स्वर रहेको गीतमा कृष्णभक्तकै संगीत रहेको छ । गीतमा राजु कार्कीको मिक्सिङ तथा मास्टरिङ छ ।

गीतको भिडियोमा एलिस राई र ममता खालिङ राई फिचर्ड छन् । भिडियोका निर्देशक एलिस राई हुन् । भिडियोमा दिनेश पराजुलीको छायांकन, मिलन विश्वकर्माको सम्पादन र कलर ग्रेडिङ छ ।

सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिकामा जन्मिएकी ममता हाल अमेरिकाको न्युयोर्कमा बस्दै आएकी छन् । कलाकार रोशन राई र ममता राईको निर्माण रहेको भिडियो ममता राई युटयुब च्यानलबाट सार्बजनिक भएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link