Home Main Highlight News नयाँ वर्षको छेको पारेर फिल्म ‘३६ को आँकडा’ प्रदर्शनमा आउने
 

नयाँ वर्षको छेको पारेर फिल्म ‘३६ को आँकडा’ प्रदर्शनमा आउने

by Parda Sansar
A+A-
Reset

झापा ।  अभिनेत्री रेखा थापाको निर्माण रहेको फिल्म ‘३६ को आँकडा’ नयाँ वर्षको छेको पारेर प्रदर्शनमा आउने भएको छ।

सबिर श्रेष्ठको निर्देशनमा बनेको फिल्म आगामी चैत २७ गतेदेखि प्रदर्शनमा आउने भएको हो। फिल्ममा रेखा थापा, पूजा शर्मा, निरूता सिंह, महेश त्रिपाठी र पुष्प खड्कालगायत कलाकारहरू मुख्य भूमिकामा छन्। निरूता यो फिल्ममार्फत वर्षौपछि हलको पर्दामा देखिन लागेकी हुन्।

यसअघि सार्वजनिक फिल्मको पोस्टरलाई दर्शकहरूले रूचाएका छन्। फिल्मले दर्शकहरूलाई फरक स्वाद दिने विश्वास गरिएको छ।  ‘३६ को आँकडा’ रेखा फिल्म्स र काइट्स इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बनेको हो। यसलाई नेपालभर आरआर फिल्म्सले वितरण गर्दैछ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link