122
झापा । फिल्म ‘एक्लो’ आजदेखि हलमा प्रदर्शन भएको छ। फिल्मका लेखक तथा निर्देशक प्रदीप शाही हुन् । साइन्स-फिक्सनमा आधारित फिल्म हलिउडस्तरको भिजुअल, प्रविधि र कथावस्तु प्रस्तुत गर्ने लक्ष्यसहित निर्माण गरिएको निर्देशक शाहीले बताए।
फिल्ममा बेलायती अभिनेता जेमी बेकनसहित प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डिसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहलगायत कलाकारले अभिनय गरेका छन्।


